काठमाडौँ – भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ को मलम्पारमा आज पहिलो पटक बस पुगेको छ । धवलागिरि–६ को मराङ–राम्चे, बुल हुँदै मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध१ख ११७ नंको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारवासीले फूलमाला लगाएर स्वागत गरेका छन् । […]