दोस्रो त्रैमासमा आरएसडिसी लघुवित्तको वितरणयोग्य मुनाफा रू. ३ करोड ७६ लाखभन्दा बढी

माघ १३, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ३ करोड ७६ लाख रहेको छ । कम्पनीले पहिलो पटक एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त एनएफआरएस प्रणाली अनुसार कम्पनीको आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।  कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ८९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीले रू. ५ करो्ड २३ लाख नाफा कमाएको थियो । चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा घटेसँगै नाफा घटेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ७ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९ करोड ४३ लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख रहेको छ ।  दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ७ करोड ७७ लाख र रिटेण्ड अर्निङ रू. ४ करोड ७५ लाख सञ्चित गरेको हो । सो अधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव १५, मूल्य आम्दानी अनुपात ६९ दशमलव ५४ प्रतिशत, तरलता अनुपात १ दशलमव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११५ दशलमव ५६ रहेको छ ।