६४ प्रतिशत घट्यो आरएसडिसी लघुवित्तको नाफा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिसम्मको तुलनामा ६४ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ७ करोड ९४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २ करोड ८५ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । सञ्चालन नाफा भने गत वर्षको तुलनामा करिब १३ प्रतिशत कम भएको छ । गत वर्ष ११ करोड ३४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ९ करोड ९० लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ४ करोड ७४ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ८६ करोड ९५ लाख ६८ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निङ १४ करोड ८६ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १२ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको छ । कर्जा सापटी करिब १३ प्रतिशत बढी ६ अर्ब १ करोड ५० लाख रूपैयाँभन्दा बढी गरेको कम्पनीले लघुवित्त तथा सहकारीहरूमा ६ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी र आफ्ना ग्राहकहरूमा १ करोड ३२ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ८१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १ दशमलव ८२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रूपैयाँ १ पैसा रहेको छ ।  

सम्बन्धित सामग्री