आरएसडिसी लघुवित्तले सार्वजनिक गर्‍यो तेस्रो त्रैमासिक वित्तीय विवरण, नाफा ८.८१ प्रतिशत घट्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ९ करोड ४३ लाख नाफा कमाएकोमा चालू आवमा रू. ८ करोड ६० लाखमा सीमित भएको छ । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज बढेर खुद नाफा घट्न पुगेको हो ।  गत आवमा शून्य दशमलव ४० प्रतिशत रहेकोमा कम्पनीको निष्क्रिय कर्जा चालू आवमा १ दशमलव ३७ प्रतिशत पुग्दा गत आवमा रू. १ करोड ९३ लाख रहेको कम्पनीको इम्पेरिमेन्ट चार्ज चालू आवमा रू. ७ करोड ३७ लाख पुगेको छ । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ८ दशमलव ८१ प्रतिशत घटेको छ ।  गत आवको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी भने चालू आवमा २९ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. १६ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा रू. २१ करोड ४० लाख ब्याज आम्दानी गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६२ रहेको कम्पनीको चालू आवमा रू. १३ दशमलव १९ मा झरेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ९५ लाख रहेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ९ करोड ३३ लाख जगेडामा र रिटेन्ड अर्निङमा रू. ६ करोड ८४ लाख सञ्चित गरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३८ दशमलव ५१ गुणा, तरलता अनुपात ३ दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ६० रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

बोटलर्स नेपालका दुई कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासिक वित्तीय विवरण

बोटलर्स नेपालका दुई कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासिक वित्तीय विवरण

नेपाल पुनर्बीमा कम्पनीले बल्ल सार्वजनिक गर्‍यो पहिलो त्रैमासिक वित्तीय विवरण

नेपाल पुनर्बीमा कम्पनीले बल्ल सार्वजनिक गर्‍यो पहिलो त्रैमासिक वित्तीय विवरण

बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।

आयो एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण

एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वाषिर्क विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल […]

एनआइसीको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।...

घट्यो निफ्राको नाफा, कस्तो छ वित्तीय अवस्था?

एक मात्रै पूर्वाधार विकास बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।  केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् । यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।

ग्रीन लाइफ हाइड्रोपावरले बल्ल प्रकाशित गर्‍यो तेस्रो त्रैमासिक वित्तीय विवरण

जेठ २३, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले बल्ल तेस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  हाल कम्पनीको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु भएको छैन ।  कम्पनीले प्रशासनिक खर्चलाई पूँजीकृत गरि आम्दानी तथा खर्च नरहेकाले प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात गणना नगरेको  वित्तीय विवरणमा उल्लेख गरेको छ ।  गत वर्षको तुलनामा कम्पनीको चालू सम्पत्ति यसवर्ष तेस्रो त्रैमाससम्ममा १५ दशमलव ८९ प्रतिशत घटेको र चालू दायित्व ३७ दशमलव ८१ प्रतिशतले घटेको हो । कम्पनीले दोलखा जिल्लास्थित  खानीखोला १ दशमलव ४० मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । व्यवसायिक योजना अनुरुपनै कामहरु भएको कम्पनीले बताएको छ ।कम्पनीले पहिलो चरणमा निर्माण गरिरहेको २५ मेगावाट जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी वित्तीय विवरण मार्फत दिएको छ । कम्पनीले वित्तीय विवरणमा आयोजना निर्माणाधीन अवस्थामा रहेको र व्यापारिक उत्पादन शुरु नभएकाले आम्दानी उल्लेख गरेको छैन ।कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७८ करोड ४३ लाख रहेको छ ।