नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिका उम्मेदवार बनेका डा. चन्द्र भण्डारीले महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पैसा र सरकारको शक्ति प्रयोग गरेको आरोप लगाएका छन् ।
महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहले आयोजना गरेको धन्यवाद ज्ञापन सभालाई सम्बोधन गर्दै भण्डारीले भने, ‘शक्तिको लागि पद र पद प्राप्त गर्न रंगमञ्चमा पैसाले ठूलो काम गर्दो रहेछ । यो सरकार हुँदैनथ्यो, सरकारको दुरूपयोग हुँदैनथ्यो, मनी, मसलको प्रयोग हुँदैनथ्यो भने हामीले जितिसकेका हुने थियौँ ।’
भण्डा...