काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका एक सांसदलाई पार्टीबाट निष्काशन गरेको छ। जसपाबाट निष्कासित हुनेमा संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष पनि छन्।
जसपाको महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महोत्तरीबाट निर्वाचित सांसद कौशल कुमार यादव र सोही नाम गरेका संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।