शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गरे । एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत