सीके राउतका कार्यकर्ताद्वारा सरकारी गाडी ताेडफाेड, प्रदेश सांसद र मेयर घाइते

सर्लाही – जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट मधेस प्रदेशका सांसद अशोक यादव र सर्लाहीको हरिवन नगरपालिका मेयर गणेश प्रसाईं घाइते भएका छन् । राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न जाँदै गर्दा प्रदेश सांसद यादव र मेयर प्रसाईं सवार सरकारी नम्बरको गाडीमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । सांसद यादवलाई जानकी मन्दिर नजिकै र मेयर प्रसाईंलाई राम मन्दिर नजिकै उनीहरूले आक्रमण गरेका थिए । सांसद यादवको हातमा चोट लागेको छ भने मेयर प्रसाईंकाे टाउकोमा चोट लागेको बताएको छ । &nbs...