असई थमन हत्या प्रकरण: प्रदेश सांसदसहित १९ जनाको सम्पत्ति रोक्का

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा महोत्तरी अदालतले हत्यामा संलग्न रहेको आरोपमा मधेस प्रदेशका प्रदेश सांसदसहित १९ जनाको सम्पत्ति रोक्का गरेको छ । महोत्तरी जिल्ला अदालतले असई विकको हत्या आरोपमा प्रदेश सांसद कौशल कुमार यादव सहित१९ जनाको सम्पत्ति रोक्का गरेको हो ।अदालतले असई विकको हत्या आरोपमा फरार भनिएका प्रतिवादी समेत रहेका प्रदेश सांसद यादव लगायत १९ जनाको सम्पत्ति रोक्का गर्नका लागि प्रेमबहादुर विकले दिएको जाहेरीको आधारमा सो आदेश जारी गरिएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मद

सम्बन्धित सामग्री

एम्बुलेन्सबाट थुतेर असई हत्या प्रकरण : सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का

जनकपुरधाम : मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा जसपा नेपाल मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको  छ।उक्त घटनाका आरोपी सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न मंगलबार अदालतले आदेश दिएको हो।०७२ भदौ २५ मा महोत्तरीको जलेश्वरमा आन्दोलनका बेला सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए। विकलाई उपचारको लागि जनकपुरधाम ल्याउने क्रममा महोत्तरी गाउँपालिकाको सनोखरा गाउँनजिकै एम्बुलेन्सबाट थुतेर कुटपिट गर