२० वर्ष लामो प्रेमपछि गाउँकै युवकसँग प्रदेश सांसद यादवले गरिन् अन्तरजातीय विवाह

नेकपा एकीकृत समाजवादीको २ नम्बर प्रदेशसभा सदस्य मञ्जु यादवले अन्तरजातीय प्रेम विवाह गरेकी छन् । महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार उनले विवाह गरेकी हुन् ।दुवै जोडी एउटै नगरपालिकाका हुन् । बेहुला ठाकुर हरिणमरी गाउँका हुन् भने बेहुली प्रदेश सांसद यादव अजगेवा गाउँकी हुन् । निकटस्थका अनुसार विद्यार्थीकालदेखि नै मञ्जु र सूर्यनारायणले एकअर्कालाई मनपराएका थिए । उमेरले प्रदेश सांसद करिब ३५ वर्ष पुगे पनि घरपरिवारमा विवाहका लागि राजीखुसी नहुँदा उनीहरुक

सम्बन्धित सामग्री

अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित !

जुम्ला –  जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जाेडी सम्मानित भएका छन् । दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई हाैसला दिन याे सम्मान गरिएकाे नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयाे । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित अन्तरजातीय जोडीले पनि यो महत्वपूर्ण कार्यका लागि धन्यवाद ...

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान

जुम्लामा अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरिएको छ । माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले जिल्ला सम्मेलनका क्रममा उनीहरुलाई सम्मान गरेको हो । मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले विद्यमान जातीय विभेदलाई तोडेर...

अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

काठमाडौं, २३ चैत्र । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरेको छ । महानगरले हिजो (बिहीबार) एक कार्यक्रमकाबीच महानगरभित्र दलित र गैरदलितबीचको बिवाह गर्ने जोडीलाई सम्मानसहित एक लाख रुपैया पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो । जातीय विभेद हटाउने उद्देश्यका साथ अन्तरजातीय विवाह गर्ने सात जोडीलाई नगद १ लाख पुरस्कार र सम्मानपत्रसहित […]

छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रुपैयाँ दिने

काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। दलित छुवाछूत अन्त्य र उनीहरूको हक…

अन्तरजातीय विवाह गर्नेले एक लाख पाउने

मुगु, पुस ३० । छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति […]

अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो । दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ […]

अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने

मुगु – छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो । दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली […]

उमेर नपुग्दै अन्तरजातीय विवाह गरेको जोडीलाई अलग्याइयो

भागेर अन्तरजातीय विवाह गरेको एक जोडीलाई किशोरीका आफन्तले अलग्याएका छन् । विवाह गर्ने उमेर नपुगेको भन्दै किशोरीका आफन्तले उनलाई दलित युवकको घरबाटै शुक्रबार दिउँसो जबरजस्ती फिर्ता लगेका हुन् । कैलालीको भजनी...

अन्तरजातीय विवाह गरेर जंगलमा बसेका जोडीलाई घर पुगेपछि आफन्तले अलग्याए

२५ असार, धनगढी । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा बसेका एक जोडीलाई आफन्तले छुटाइदिएका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र टीकापुर नगरपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार आफन्तले अलग्याएका हुन् । अहिलेसम्म जंगलमै बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि […]

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ । अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच/पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गरेका हुन् नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट […]