भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको सीमा क्षेत्र तवाङमा भारतीय र चिनियाँ सैनिकबीचको झडपमा हताहती नभएको जानकारी दिएका छन् । मंगलबार लोकसभालाई घटनाबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले दुवै पक्षबीच झडप भएको र केही सैनिक घाइते भएको बताएका हुन् ।