शुक्रबार अरुणाचल प्रदेशको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीको अस्पतालमा उपचार भइरहेको छ । तवांग क्षेत्रमा भएको उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएका छन् । न्युज एजेन्सी एएनआईका अनुसार भारतीय सेनाले आफ्नो भूमिमा चिनियाँ घूसपैठको कडा जवाफ दिएको उल्लेख गरेको छ । समाचारमा भारतीय सेनाको तुलनामा चिनियाँ सेनामा बढी क्षति भएको पनि दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार १७ हजार फिटको उचाइमा झडप भएको हो । भा