विष्फोटमा ३ पाकिस्तानी सैनिक घाइते

पाकिस्तानको उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मीर अली तहसीलको एडक क्षेत्रमा आइतबार भएको विष्फोटमा तीन पाकिस्तानी सुरक्षाकर्मी र एक नागरिक घाइते भएका छन् ।  स्थानीय मिडियाले आधिकारिक स्रोतलाई उद्धृत गर्दै  लेखेको छ- रिमोट-नियन्त्रित आक्रमण गरिएको थियो जसमा तीन सैनिक र एक नागरिक घाइते भएका थिए। यसैबीच, पाकिस्तानले आज आफ्नो पहिलो राष्ट्रिय सुरक्षा नीति घोषणा गर्ने तयारी गरेको छ जसले सबै आन्तरिक र बाह्य सुरक्षा पक्षहरूलाई समेट्ने विश्वास गरिएको छ। यो घोषणा देशको शीर्ष नागरिक र सैन्य नेतृत्वको बैठकमा गरिनेछ डन अखबार...

सम्बन्धित सामग्री

पाकिस्तानमा आत्मघाती हमलामा परी ९ सैनिकको मृत्यु

काठमाडौं : पाकिस्तानको खेबर पख्तुनख्वा प्रान्तमा एक सैन्य केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ९ सैनिकको मृत्यु भएको छ। बान्नु जिल्लाको जानी खेल क्षेत्रमा रहेको सैन्य केन्द्रमा एक आतंककारीले विस्फोटक पदार्थ भरिएको मोटरसाइकलबाट आत्मघाती आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। घटनामा २० सैनिक घाइते भएका छन्। पाकिस्तानी प्रधानमन्त्री अन्वार उल हक काकरले सैन्य केन्द्रमा हृदयविदारक आक्रमण भएको ट्विटरमा उल्लेख गर्नुभएको छ। यसैबीच जापानले आफ्नो रक्षा बजेटमा अपूर्व वृद्धि गरेको छ।

पाकिस्तानमा आतंककारी आक्रमणमा सैनिकको मृत्यु

काठमाडौं– पाकिस्तानमा आतंककारीको आक्रमणमा परी एकजना सैनिकको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको घटनामा एकजना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध निकायले जनाएको छ । आक्रमणमा अर्का एकजना सैनिक घाइते भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानी सेनाले आतंककारी आक्रमणलाई असफल बनाएको दाबी गरेको छ । सुरक्षा फौजले […]

पाकिस्तानका दुई सैनिक ब्यारेकमा चरमपन्थी हमला

पाकिस्तानस्थित बलुचिस्तान प्रान्तको नोशकी र पंजगुरमा फ्रन्टियर कोर (पाकिस्तानी अर्ध सैनिक बल) को ब्यारेकमा चरमपन्थी हमलाको घटना सार्वजनिक भएको छ । यसमा कम्तीमा एक सैनिकको मृत्यु भएको छ ।पाकिस्तान सेनाको जनसम्पर्क विभागको तर्फबाट जारी बयानका अनुसार पंजगुरमा चरमपन्थीले दुई स्थानबाट ब्यारेकमा घुस्ने कोसिस गरे तर समय हुँदा नै कारवाही भयो र उक्त हमला विफल पारियो । यो हमलामा एक सैनिकको मृत्यु भयो र कम्तीमा दुई अन्य सैनिक घाइते भएका छन् ।अर्कोतर्फ नोशकीमा फ्रन्टियर कोर कार्यालयमा पनि चरमपन्थी घुस

काश्मिरमा तीन भारतीय सैनिक मारिए

भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएका छन्।  भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिकहरु मारिएको बताए। उक्त घटनामा थप ४ सैनिक घाइते भएका छन्।  भारतीय सेनाका तर्फबाट ...