कृषि र पशु पालनलाई व्यावसायिक बनाउनेछौँ : चिङगाड गाउँपालिका अध्यक्ष चन्द

सुर्खेत जिल्लाको उत्तर पूर्वी क्षेत्रमा रहेको चिङगाड गाउँपालिका सुर्खेतका सबैभन्दा कम जनसंख्या रहेको चिङगाड गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा सिम्ता गाउँपालिका, उत्तरमा जाजरकोटको शिवालय र दैलेखको गुराँस गाउँपालिकासँग सिमाना जोडिएको छ भने दक्षिणमा सुर्खेतका लेकबेसी र वीरेन्द्रनगर नगरपालिकासँग सिमाना जोडिएको छ। यो गाउँ...

सम्बन्धित सामग्री

व्यावसायिक माछापालनमा रमाउँदैछन् गाउँपालिका अध्यक्ष गुरुङ

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश […]

कृषि योजनाका लागि किसानसँग छलफल

बागलुङ । कृषि तथा पशुजन्य उत्पादन वृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनुपूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्यालाई गाउँपालिकाको बजेट तथा कार्यक्रमले नसमेटेको गुनासो आएपछि  किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।    बरेङले योजना निर्माण पूर्व व्यावसायिक किसानसँग छलफल थालेको यो पहिलो पटक हो । ‘हामीले कृषि क्षेत्रमा धेरै लगानी गरिरहेका छौं, त्यसको प्रगति अध्ययनसहित किसान सन्तुष्ट छन् कि छैनन् भनेर खोजी गर्न विज्ञसहितको छलफल थालेका हौं,’ अध्यक्ष शर्माले भने, ‘हामीले कल्पना गरेका भन्दा फरक समस्या र चुनौती किसानले राख्नुभएको छ, अब योजना निर्माण गर्दा समस्याको समाधान गर्नेगरी काम गर्छौं ।’      किसानको आवश्यकता एकातिर र पालिकका योजना अर्कोतिर हुने गरेको उनले बताए । पालिकाले सोमवार ६३ जना व्यावसायिक किसानलाई भेला गरेर कृषि विज्ञसँग छलफल गराएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ, चितवन र ललितपुरमा कार्यरत कृषिविज्ञ सुजित पौडेल, नारायण पौडेल, दीपक शर्मा, इन्द्र ढुंगाना र माधव पौडेलसँग किसानले छलफल गरेका थिए ।       किसानले उत्पादनमा एकरूपता नभएको, बजारीकरणमा समस्या देखिएको, उत्पादन समयमा बजार पुर्‍याउन नसक्दा लागत बढेको जस्ता समस्या सुनाएका थिए । ‘हामीले उत्पादन गरेका बंगुरले बजार पाउँदैनन्, बाहिरबाट आएको मासुले मूल्य घटाइदिन्छ,’ किसान सन्त श्रीषले भने, ‘थोरै उत्पादन बजार नपुग्ने, एउटै किसानले धेरै उत्पादन गर्न नसक्ने समस्या छ ।’ किसानले एकीकृत खेती प्रणाली, सामूहिक लगानी र उत्पादन तथा बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।       सोही क्रममा कृषिउपजको बजारीकरण सहज बनाउन सन्त श्रीषको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । किसानले कृषिउपज संकलन केन्द्र, बजारीकरण र उत्पादन लागतमा सहयोग गर्न पालिकालाई आग्रह गरेका थिए । रासस

गाउँपालिकाले गरेको लोभलाग्दो काम : आफैले बाख्रापालन गरेर बेच्छ

दैलेखको भगवतीमाई गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्वाधारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ ।  गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तीव्रता दिँदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन् । व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म सञ्चालन गरेको छ  । पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाई गाउँपालिका –१ पगनाथमा सञ्चालन गरेको वडा अध्यक्ष मान बहादुर बुढा

किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिका

बाँके । बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रको रूपमा विकास गरिँदै लगिएको छ । गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वरा शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिनेछ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रूपमा लिइएको छ । यी वडामा विशेषगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।     गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्वेक्षणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । गाउँपालिकाले युवा किसानमा बढ्दो विचलन नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न नि:शुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए । कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे । गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगत रूपमै समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अवलम्बन गर्न लगाउने गरिएको बताएको छ । रासस

किसानलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्दै गाउँपालिका

बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेती गर्न आकर्षण गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यबाहक अध्यक्ष भूमिसरा धितालले बताए । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्न...

वडा अनुसार कृषि उत्पादन

बागलुङ । बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रूपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले बताएको छ ।     घाँसे मैदान र वनजंगल धेरै रहेको धुल्लुबास्कोटमा भैंसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैंसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । वडा नं २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैंची खेती गर्दै आएका छन् । ‘बाँझो जमीन र खेतीयोग्य जमीनमा समेत अलैंचीको व्यावसायिक उत्पादन थालेका छौं,’ नमूना अलैंची फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैंचीको विक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैंची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उनले जानकारी दिए । ‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ उनले भने, ‘सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौं ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ । खेतीयोग्य जमीन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्मा जानकारी दिए । बाख्रापालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो । रासस

आलुको बिउ उत्पादन गर्न दैलेखमा ल्याब निर्माण

सुर्खेत : कर्णाली प्रदेशमै आलुको गुणस्तर नाप र बिउ उत्पादन हुने भएको छ। जसको लागि दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ।गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण भएपछि प्रत्यक्ष रूपमा १७ जना रोजगारी पाएका छन्।गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको एक करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको स

दुई गाउँमा व्यावसायिक खुर्सानी खेती

नेपाल समाचारपत्र, पाल्पा । पाल्पाको पूर्वी दक्षिण भेगमा अवस्थित माथागढी गाउँपालिकाले खुर्सानीमा आत्मनिर्भर बनाइ कृषिमा व्यावसायिकरण गर्ने गरी कार्यक्रम अघि सारेको छ । कृषिमा व्यावसायिककरण तथा आधुनिकीकरण गरी जनताको जीवनस्तर सुधार गर्न खुर्सानी पकेट क्षेत्र घोषणा गरी कार्यक्रम अघि ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत् वडा न २ […]

दूधमा आत्मनिर्भर बनाउन गाई फर्म सञ्चालन

सिन्धुलीको मरिण गाउँपालिकाले पालिकालाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन कार्यक्रम सुरु गरेको छ । किसानहरुलाई व्यावसायिक गाई पालनमा प्रोत्साहनका लागि अनुदानको कार्यक्रम ल्याएको हो । व्यावसायिक गाई पालनमार्फत गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन अनुदानको कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । यहाँका अधिकांश किसानहरु कृषि तथा पशुपालनमा आवद्ध भएपनि व्यावसायिक बन्न नसकेकाले किसानहरुलाई प्रोत्साहका लागि कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

कृषकलाई नगदले सम्मान

कृषिलाई सम्मान गरी कृषि उत्पादन बढाउन स्याङ्जाको आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम अघि बढाएको छ । कृषक र कृषक समूहलाई गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले सम्मान गर्दै कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिए । गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलको संयोजकत्वमा गठित अनुगमन तथा मूल्यांन समितिले गाउँपालिकाभित्रका सबै किसानका घरघरमा पुगेर उत्कृष्ट किसान छनोट गरी सम्मान गरिएको कृषि शाखाले जनाएको छ ।