बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेती गर्न आकर्षण गर्दै आएको छ ।
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो ।
गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यबाहक अध्यक्ष भूमिसरा धितालले बताए ।
उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्न...