व्यावसायिक माछापालनमा रमाउँदैछन् गाउँपालिका अध्यक्ष गुरुङ

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश […]

सम्बन्धित सामग्री

किसानलाई पाँच हजार कागतीका बिरुवा वितरण

सिमकोट – व्यावसायिक खेतीका लागि किसानलाई कागतीका विरुवा वितरण गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गरिएको हो। गाउँपालिका क्षेत्रभित्रको माटो परीक्षण गर्दा कागती खेतीका लागि बढी सम्भावना देखिएको पाइएपछि यस वर्षबाट व्यावसायिक कागती खेती […]

कालिगड पेशा जोगाउँदै पौवादुङमा स्थानीय सरकार

भोजपुर : परम्परागत खुकुरी बनाउने पेशा संकटमा परेपछि पौवादुङमा गाउँपालिकाले संरक्षण गर्न थालेको छ। आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेसँगै पेशा संकटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो।पेशा छाड्नेको संख्या बढ्न थालेपछि उनीहरूलाई आवश्यक सहयोग गर्दै प्रोत्साहन अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। लोपोन्मुख पेशाको संरक्षणमा जुटेको उनको भनाइ छ।‘पछिल्लो समय कालिगड पलायन हुँदै गएको अवस्था छ’‚ अध्यक्ष राईले भने, ‘अहिले गाउँघर

गाउँपालिकाले गरेको लोभलाग्दो काम : आफैले बाख्रापालन गरेर बेच्छ

दैलेखको भगवतीमाई गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्वाधारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ ।  गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तीव्रता दिँदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन् । व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म सञ्चालन गरेको छ  । पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाई गाउँपालिका –१ पगनाथमा सञ्चालन गरेको वडा अध्यक्ष मान बहादुर बुढा

किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिका

बाँके । बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रको रूपमा विकास गरिँदै लगिएको छ । गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वरा शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिनेछ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रूपमा लिइएको छ । यी वडामा विशेषगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।     गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्वेक्षणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । गाउँपालिकाले युवा किसानमा बढ्दो विचलन नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न नि:शुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए । कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे । गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगत रूपमै समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अवलम्बन गर्न लगाउने गरिएको बताएको छ । रासस

किसानलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्दै गाउँपालिका

बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेती गर्न आकर्षण गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यबाहक अध्यक्ष भूमिसरा धितालले बताए । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्न...

आलुको बिउ उत्पादन गर्न दैलेखमा ल्याब निर्माण

सुर्खेत : कर्णाली प्रदेशमै आलुको गुणस्तर नाप र बिउ उत्पादन हुने भएको छ। जसको लागि दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ।गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण भएपछि प्रत्यक्ष रूपमा १७ जना रोजगारी पाएका छन्।गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको एक करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको स

दुई गाउँमा व्यावसायिक खुर्सानी खेती

नेपाल समाचारपत्र, पाल्पा । पाल्पाको पूर्वी दक्षिण भेगमा अवस्थित माथागढी गाउँपालिकाले खुर्सानीमा आत्मनिर्भर बनाइ कृषिमा व्यावसायिकरण गर्ने गरी कार्यक्रम अघि सारेको छ । कृषिमा व्यावसायिककरण तथा आधुनिकीकरण गरी जनताको जीवनस्तर सुधार गर्न खुर्सानी पकेट क्षेत्र घोषणा गरी कार्यक्रम अघि ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत् वडा न २ […]

दूधमा आत्मनिर्भर बनाउन गाई फर्म सञ्चालन

सिन्धुलीको मरिण गाउँपालिकाले पालिकालाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन कार्यक्रम सुरु गरेको छ । किसानहरुलाई व्यावसायिक गाई पालनमा प्रोत्साहनका लागि अनुदानको कार्यक्रम ल्याएको हो । व्यावसायिक गाई पालनमार्फत गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन अनुदानको कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । यहाँका अधिकांश किसानहरु कृषि तथा पशुपालनमा आवद्ध भएपनि व्यावसायिक बन्न नसकेकाले किसानहरुलाई प्रोत्साहका लागि कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

व्यावसायिक कागती खेतीका लागि बिरुवा

व्यावसायिक कागती खेतीका लागि किसानलाई कागतीका बिरुवा वितरण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गर्ने कार्य गरिएको हो ।

कृषि र पशु पालनलाई व्यावसायिक बनाउनेछौँ : चिङगाड गाउँपालिका अध्यक्ष चन्द

सुर्खेत जिल्लाको उत्तर पूर्वी क्षेत्रमा रहेको चिङगाड गाउँपालिका सुर्खेतका सबैभन्दा कम जनसंख्या रहेको चिङगाड गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा सिम्ता गाउँपालिका, उत्तरमा जाजरकोटको शिवालय र दैलेखको गुराँस गाउँपालिकासँग सिमाना जोडिएको छ भने दक्षिणमा सुर्खेतका लेकबेसी र वीरेन्द्रनगर नगरपालिकासँग सिमाना जोडिएको छ। यो गाउँ...