धुलिखेल : काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहमा बिहीवार १ हजार ६९६ विद्यार्थी दीक्षित भएका छन्।दीक्षित हुनेहरूलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, डिन लगायतले प्रमाणपत्र वितरण गरेका थिए।केयूका उपकुलपति प्रा.डा. भोला थापाले दीक्षान्तमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६०६ जना विद्यार्थी द