तथ्यांकोवाच : रू. ६ करोड बराबरको अल्कालोइड्स आयात

काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन अल्कालोइड्सको आयातको वार्षिक औसत वृद्धिदर १५ दशमलव ९४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यो ६ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको थियो । मुलुकमा औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन उत्पादन नभएको अवस्थामा यस्ता उत्पादनको आयातमा वृद्धि हुनु मुलुकको आर्थिक क्षेत्रका लागि सकारात्मक सन्देश हो भने यस्ता वस्तुको आयातमा ह्रास आउनुले अर्थतन्त्रमा समस्या रहेको संकेत गर्दछ ।

सम्बन्धित सामग्री

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ […]

पछिल्लो ११ महिनामा ६ करोड ४२ लाखको विदेशी पानी आयात

वीरगञ्ज- नदी, ताल-तलैया तथा जलाशयलगायत जलस्रोतको धनी देश नेपालले वर्षेनी खानेपानीको आयात गर्छ। जलस्रोतको धनी मुलुक भने गुणगान गाइरहँदा यहाँ विदेशबाट वर्षेनी मात्रै करोडौँ रकमको पानी आयात हुने गर्दछ। नदी, ताल-तलैया तथा जलाशय लगायत पानीमा धनी भएकै कारण नेपालमा अहिले थुप्रै जलविद्युत आयोजनाहरू समेत सञ्चालनमा रहेका छन्। यस्तै धेरै जलविद्युत आयोजनाहरू निर्माणको क्रममा छन्। तर,यस्तो […]

तथ्यांकोवाच : रू. १ अर्ब ६ करोड बराबरको कागती आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. १ अर्ब ६ करोड बराबरको कागती आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा कागती आयातको औसत वार्षिक वृद्धिदर करीब ४२ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, कागती खेतीयोग्य कृषि भूमिको विनाश, बढ्दो शहरीकरण तथा भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदानयुक्त मुलुकको कागती उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम कागती उत्पादन हुन नसक्दा यसको आयातमा उच्च वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै कागती उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ ।

ह्वात्तै घट्यो चाँदीको आयात

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्

तथ्यांकोवाच : रू. ६ करोड ५० लाख बराबरको कैंची आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ६ करोड ५० लाख बराबरको कैंची आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा कैंचीको आयातमा औसत वार्षिक वृद्धिदर १८ दशमलव १७ प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधिहरू बढ्दै जाँदा कैंचीको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा कैंचीको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र कैंची उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले स्वदेशमै कैंची उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

तथ्यांकोवाच : हवाईजहाजका टायर रू. ६ करोड ४५ लाख बराबरको आयात

काठमाडाैं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ६ करोड ४५ लाख बराबरको हवाईजहाजका टायर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा हवाईजहाजका टायर आयातको औसत वार्षिक वृद्धिदर १५ दशमलव ७५ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र हवाईजहाजका टायर उद्योग सञ्चालनको सम्भावना देखिएको छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने हवाईजहाजका टायर उत्पादनमा मुलुक केही समयभित्र आत्मनिर्भर हुन सक्छ ।

तथ्यांकोवाच : रू. ६ करोड ४३ लाख बराबरको यौगिककृत रबर आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ६ करोड ४३ लाख बराबरको यौगिककृत रबर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा यौगिककृत रबरको आयातमा औसत वार्षिक वृद्धिदर १५ दशमलव ९४ प्रतिशत देखिन्छ ।  आयातको यस प्रवृत्तिले मुलुकभित्र यौगिककृत रबर उद्योग सञ्चालनको सम्भावना देखिएको छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरण सृजना गर्ने हो भने यौगिककृत रबर उत्पादनमा मुलुक केही समयभित्र आत्मनिर्भर हुने देखिन्छ ।

जुवा खेल्नु अपराध, तास आयात निर्वाध

धनगढी : नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको कात्तिक दोस्रो सातासम्म ९४ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भएको पाइएको छ।यो वर्षको दशैँ र तिहारका लागि मात्रै ६ करोड रुपैयाँ बराबरका ३३ लाख बुक तास आयात भएको पाइएको हो। जुवा ऐन २०२० ले जुवा खेल्नुलाई गैरकानूनी मानेको छ।कानुनतः जुवातास खेल्न वर्जित गरिए भएपनि आयातमा भने सरकारले कुनै रोकटोक लगाइएको छैन। यस्तो हुदा नहुँदा दशैँतिहारका लागि ठूलो परिमाणको तास भित्रिने गरेको छ। भन्सार तिरेर हरेक वर्ष तास आयात बढ्दो क्रममा देखिएक

तथ्यांकोवाच : रू. ६ करोड बराबरको पोलिआमाइड्सको आयात

काठमाडौं (अस) । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रू. ६ करोड बराबरको पोलिआमाइड्सको आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा पोलिआमाइड्सको आयातको औसत वार्षिक वृद्धिदर ५९ दशमलव ९४  प्रतिशत देखिन्छ । मुलुकभित्र प्लाष्टिक र प्लाष्टिकको कच्चापदार्थ उत्पादन गर्ने कच्चापदार्थ उपलब्ध नहुँदा प्लाष्टिक उद्योगहरू आवश्यक पर्ने कच्चापदार्थका लागि आयातमा निर्भर छन् । यस परिस्थितिमा यस्ता कच्चापदार्थको आयातले मुलुकको अर्थतन्त्रको विकासमा थप योगदान दिने देखिन्छ ।

११ महिनामा २१ अर्बको सुन आयात

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८को ११ महिनामा नेपालमा २१ अर्ब ६ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ११ महिनामा तीन लाख १८ हजार ग्राम मूल्यको सुन आयात गरेको हो। यसबाट राज्यले २ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। यस्तै यस अवधिमा ४९ करोड २८ लाखको चाँदी भित्रिएको छ।