काठमाडौं (अस) । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रू. ६ करोड बराबरको पोलिआमाइड्सको आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा पोलिआमाइड्सको आयातको औसत वार्षिक वृद्धिदर ५९ दशमलव ९४ प्रतिशत देखिन्छ । मुलुकभित्र प्लाष्टिक र प्लाष्टिकको कच्चापदार्थ उत्पादन गर्ने कच्चापदार्थ उपलब्ध नहुँदा प्लाष्टिक उद्योगहरू आवश्यक पर्ने कच्चापदार्थका लागि आयातमा निर्भर छन् । यस परिस्थितिमा यस्ता कच्चापदार्थको आयातले मुलुकको अर्थतन्त्रको विकासमा थप योगदान दिने देखिन्छ ।