धनगढी : नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको कात्तिक दोस्रो सातासम्म ९४ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भएको पाइएको छ।यो वर्षको दशैँ र तिहारका लागि मात्रै ६ करोड रुपैयाँ बराबरका ३३ लाख बुक तास आयात भएको पाइएको हो। जुवा ऐन २०२० ले जुवा खेल्नुलाई गैरकानूनी मानेको छ।कानुनतः जुवातास खेल्न वर्जित गरिए भएपनि आयातमा भने सरकारले कुनै रोकटोक लगाइएको छैन। यस्तो हुदा नहुँदा दशैँतिहारका लागि ठूलो परिमाणको तास भित्रिने गरेको छ। भन्सार तिरेर हरेक वर्ष तास आयात बढ्दो क्रममा देखिएक