काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ६ करोड ५० लाख बराबरको कैंची आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा कैंचीको आयातमा औसत वार्षिक वृद्धिदर १८ दशमलव १७ प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधिहरू बढ्दै जाँदा कैंचीको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा कैंचीको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र कैंची उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले स्वदेशमै कैंची उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।