काठमाडौं : सत्ता गठबन्धनले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो।
स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बसेको थियो। अब हुने कार्यपालिका र समन्वय समितिको बैठकमा पनि…