स्थानीय निर्वाचनका लागि संयन्त्र बनाउने सत्ता गठबन्धनको निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । ‘आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ’, सञ्चारमन्त्री समेत रहेका का