सर्लाही : कुनै समय जिल्लाकै प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले भने सुनसान देखिन थालेका छन्।जिल्लाका त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजार क्षेत्र हिजो आज ओझेलमा पर्दै गएको हुन्। पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने बजार विस्तार हुने क्रम तीव्र छ।राजमार्ग क्षेत्रबाहेक अन्यत्र उल्लेख्य रुपमा बजार विकास हुन सकेको छैन। जिल्ला सदरमुकामसमेत रहेको मलंगवा बजारमा नै पहिलेको जस्तो चहलप