बागलुङ : बाढी, पहिरो जस्ता प्राकृतिक विपद्का कारण बागलुङका थुप्रै बस्तीहरु रित्तिँदै गएका छन्।जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १ टुनीबोट पनि अहिले सुनसान छ। केही वर्ष अगाडिसम्म निकै चहलपहल टुनीबोट गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ।दुईवर्ष अगाडिसम्म ४६ घर रहेको टुनीबोटमा हाल ३१ घरमा ताला ठोकिएका छन्। घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन्।वि.सं. २०७७ सालमा आएको पहिरोले २ जनाको मृत्यु र ८ घर पुरिएका थिए। त्यसपछि गाउँ जोखिममा परेको भन्दै स्थानीयहरुले बस्ती नै छोड्न थालेका