दशैँपछि फाट्टफुट्ट खुल्न थालेका विद्यालयहरु तिहार र छठपछि पूरै खुलेका छन् । बाटाघाटा र सडकमा स्कुले पोसाक लगाएका विद्यार्थीको चहलपहल र काममा जानेहरुको भीडभाड हेर्दा कोरोना महामारी सकिएको भान हुन्छ। तर, घना र बाक्लो बस्ती भएका सहरहरुमा अहिले पनि कोरोनाको जोखिम उस्तै छ ।
काठमाण्डौसहित तराईका झापा, मोरङ, सप्तरी जस्ता दर्जनौँ जिल्लाका विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या धेरै छ । विद्यार्थी धेरै भएका विद्यालयमा भेला हुने विद्यार्थीले साथीभाइलाई अँगालो हाल्नु, मास्क नलगाउनु, मास्क साटासाट गर्नु जस्ता गतिविधि सामान्य मानिन्छन् ...