पोखरा : अहिले जस्तो चहलपहल हुन्थेन पोखरामा चार दशक अगाडि। बाक्लो बस्ती पनि थिएन त्यतिबेला। पोखराका मुख्य बजार चहलपहल हुनेगरी स्थापित थिएनन्।
पुरानो पोखरा बजारमा केही चहलपहल हुन्थ्यो। त्यसैको छेउमा रहेको महेन्द्रपुल नै मुख्य चोक थियो पोखराको। पर्यटकको उपस्थिति पनि नगन्य हुन्थ्यो।
त्यहीँ सन्नाटामा एकाएक पोखराले हजारभन्दा बढी बाह्य आगन्तुक…