राजधानी काठमाडौंमा अवस्थित कपन चर्चित नाम हो । केही वर्षयता कपन क्षेत्र घना बस्ती र जनसंख्याले भरिएको छ । त्यसैले होला कपनमा आजकाल व्यापार व्यवसायको चहलपहल तीव्र देखिन्छ ।
त्यस क्षेत्रमा देखिने विभिन्न व्यापार व्यवसायको चहलपहलबारे त तपाईं जानकार नै हुनुहुन्छ होला । तर त्यही कपन क्षेत्रमा अहिले एउटा गज्जबको व्यापार फस्टाइरहेको शायद तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ ।
विगत केही महिनादेखि कपनको सरस्वतीनगरमा फस्टाइरहेको त्यो व्यापार हो, चियाको । लकडाउनकै बीचमा यो चिया पसल फस्टाउन शुरू गरेको हो । लकडाउन हुन केही अघि मात्र य...