दसैंमा चंगा उडाउने संस्कृति हरायो

पाल्पा- दसैंका बेला चंगा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन। दसैंको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चंगा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ। विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चंगा उडाउँदा दसैंको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताउँछन्। ‘चाडपर्वमा सबैसँग जमघट हुने, […]