मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल अहिले संचालनमा आएको छ। विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि पटक पटक संचालनमा ल्याउने प्रयास भएपनि सफल हुन सकेन। आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो । मजदुर आन्दोलनको भार उसले थेग्न सकेन र हात झिक्यो। चरम राजनीतिक हस्तक्षेपको चपेटामा परेको…