राजनीतिक हस्तक्षेप भएपछि फिफाले लगायो भारतमाथि प्रतिबन्ध

फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको हो।...

सम्बन्धित सामग्री

फिफाद्वारा भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं  : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।फिफाले पत्र लेखेर भारतको फुटबल संघलाई आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकपका लागि प्रतिबन्ध फुकुवा गरेको जनाएको छ। प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबर ११ देखि ३० सम्म यू-१७ महिला विश्वकप भारतमा हुने छ। त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ।  फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रति

वायु सेवा निगमको सुधारमा को बाधक ?

बीस वर्षअघि नै गरिएका अध्ययनहरूले नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी र आर्थिक रूपले बलियो बनाउन विभिन्न सुझाव दिँदै आएका छन् । तर, ती सुझावको कार्यान्वयन गर्न कुनै पनि सरकारले पाइला चाल्न सकेनन् । त्यही भएर यो सेतो हात्ती नेपालको सार्वजनिक संस्थानको असफलताको उदाहरण नै बनेको छ । विदेशी रणनीतिक साझेदार ल्याएको भने निगम अहिले नेपाल आउने बाह्य कम्पनीहरूमाझ बलियो भइसक्थ्यो होला । अहिले त आन्तरिक उडानमा समेत निजी कम्पनीहरूले नाफा कमाउँदै, जाँदा निगम घाटामा जाँदै छ । आफैले गराएका आधा दर्जन बढी अध्ययनका सुझाव लत्याएर सरकारले जुन बेथितिका साथ निगम सञ्चालन गर्न दियो, त्यसकै परिणाम आज निगम ४७ अर्ब ऋणमा डुबेको छ । निगमको घाटाको एउटा प्रमुख कारण चिनियाँ जहाज हो । चिनियाँ जहाज किन्दा धेरै खालको नराम्रा असर पर्ने भनी विरोध हुँदा पनि राजनीतिक नेतृत्वले प्राविधिक पक्ष नहेरी चिनियाँ जहाज खरीद गर्ने निर्णय गर्‍यो । ती जहाजले खर्च बढाएको बढायै छन् तर कमाउने सुरसार छैन । यही जहाजका कारण नेपाल यूरोपेली संघको कालो सूचीमा परेको हो भनी विश्लेषणसमेत गरिन्छ । नेपाली जहाजलाई यूरोपमा उड्न त्यो बेला लागेको प्रतिबन्ध अहिलेसम्म पनि खुलेको छैन । ईयूले नेपाली जहाजहरूको सुरक्षाका बारेमा प्रश्न उठाएपछि त्यसले नेपालको पर्यटन क्षेत्रलाई पनि असर पार्‍यो । ती जहाज किन्दा लागेको ऋण तिर्ने बाटो नै देखिँदैन । निगमसँग दुईओटा वाइड–बडी जहाज छन् । प्रत्येक जहाजको २७४ जना यात्रु बोक्ने क्षमता छ । साधारणतया न्यारो–बडी जहाजको १४० देखि १७० जनासम्म यात्रु बोक्ने क्षमता हुन्छ । वाइड–बडी जहाज न्यारो–बडीको तुलनामा धेरै महँगो हुन्छ र यसले तेल पनि धेरै खान्छ भनिन्छ । यस्तोमा, वाइड बडी जहाज किन्दा निगम समस्यामा परेको देखिन्छ । बजार राम्रो पाएको भए यसले कमाउन सक्थ्यो । तर, अहिलेसम्म लामो दूरीमा यसले उडान गर्न पाएकै छैन । यूरोपका प्रमुख शहरमा यो उडाउन सकेको भए निगम घाटामा गए पनि मुलुकको पर्यटनले लाभ लिन सक्थ्यो । त्यसो नहुँदा अहिले यी जहाज निगमका लागि यति ठूलो बोझ भएका छन् कि निगम माथि उठ्नै सक्ने देखिँदैन । कोभिडको संकट सकिएपछि आउने दिनहरूमा पनि वाइड–बडीका जहाज जापान, कोरिया र साउदी अरेबिया वा सिड्नी उडाएर नाफामा लैजान कठिन रहेको धेरैको भनाइ छ । निगमको यस्तो अवस्था आउनुमा राजनीतिक हस्तक्षेप प्रमुख कारण मानिन्छ । निगमको प्रमुखमा व्यावसायिक मान्छे आउन नदिने लामो समयसम्म का मगर्न नदिने गर्दा यो अस्थिरताको शिकार बनेको हो । अहिले निजीकरणका लागि लागिपरेका प्रकाश पौडेललाई बीचैमा निष्क्रिय पारियो । कुनै पनि नेतृत्वले ल्याएको योजनामा उसले काम गर्न नपाएपछि कसरी निगम व्यावसायिक बन्न सक्छ ? विनय श्रेष्ठ नयाँ बजार, काठमाडौं ।