अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन, समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ: अध्यक्ष यादव

काठमाडौँ, २७ कात्तिक। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै निरुपण हुने बताएका छन् । विराटनगरमा आज (शनिबार) पत्रकारहरूसँगको कुरकानीको क्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘न्यायालयभित्रको समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नुहुन्छ, एकाध दिन ढिलोचाँडो मात्रै हो । अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन किनकि दुनियाँमा कहीँ पनि […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ : अध्यक्ष यादव

विराटनगर (अस) । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पेट्रोलियम पदार्थको अहिलेको मूल्य घटाउनुपर्ने बताएका छन् । जनताले मूल्यवृद्धि धान्न नसक्ने भएको भन्दै यस विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने पनि उनले बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तरराष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिका कारण भएको हो,’ विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले भने, ‘तर अहिलेको मूल्यवृद्धि जनताले धान्न नसक्ने भएकाले घटाउनुपर्छ ।’ अर्को प्रसंगमा यादवले न्यायालयमा देखिएको अहिलेको समस्याको समाधान न्यायालय आफैले खोज्नुपर्ने बताए । न्यायालयभित्रको समस्यामा राजनीतिक हस्तक्षेप गर्दा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने भएकाले त्यसो गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।