गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनमा केन्द्रीय सचिव पदका प्रत्यासी समेत रहेका उनले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनलाई भने गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने उनको जोड छ । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार गरेको बहस कार्यक्रममा बोल्दै उनले एनआरएनमा पार्टी निकटका