सर्वोच्च अदालतमा देखिएका विकृति अन्त्यका लागि सुझाव दिन गठित समितिले सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप हुने गरेको निष्कर्ष सहितको प्रतिवेदन प्रधानन्यायाधीशसमक्ष बुझाएको छ ।
न्यायालयमा सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित समितिले बिहीवार आफ्नो प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमक्ष बुझाएको हो ।
अदालतमाथि राजनीतिक हस्तक्षेप भइरहेको र यसलाई अन्त्य गर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ ।
न्यायाधीशको नियुक्ति पारदर्शी बनाएमा न्यायालयमा राजनीतिक हस्तक्षेप कम हुने कुरा प्रतिवेदनमा...