काठमाडौं। नेता डाक्टर बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा धम्क्याउने विषय नभएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले सत्य निरूपण आयोग शान्ति प्रक्रियाको अभिन्न अंग भएको भन्दै उक्त काम पुरा नगरी गिजोलिएर राखिएको बताए। उनले उक्त मुद्दाहरू धम्क्याउने र मोलतोल र थर्काउने विषय नभएको बताए। उनले सत्य निरूपण आयोगमार्फत यसलाई टुङ्ग्याउने यो अवसर प्रधानमन्त्रीलाई भएको उनले तर्क थियो।