काठमाडौं : नेकपा माओवादी केन्द्रले द्वन्द्वकालीन मुद्दा उचालेर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रमण गर्नु प्रतिक्रियावादीको षड्यन्त्र भएको आरोप लगाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन्। ‘जनयुद्ध, जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै नयाँ संविधानमार्फत संस्थागत हुँदै गरेको नेपालको राजनीतिक परिवर्तनलाई ध्वस्त पार्न सुरुदेखि नै एकथरी शक्तिहरू सकृय रहँदै आएका थिए र छन्&r