काठमाडौं : चक्रपथको दोस्रो चरण निर्माण प्रक्रिया अगाडि बढेको छ। चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगञ्जसम्म अस्थायी संरचना भत्काउन शुक्रबार एक सूचना जारी गरेको छ।
आयोजनाका अनुसार सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिइएको छ।
तोकिएको समयभित्र संरचना नहटाए सरकारले…