इक्वेडर र सेनेगल नकआउट चरण पुग्न भिड्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र […]

सम्बन्धित सामग्री

कतार विश्वकप: समुह ए र बि बाट नकआउट चरण पुग्ने ४ टोलीको टुंगो लाग्यो

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे । आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् । कतारको अलबायत रङ्गशालामा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी बन्यो । खेलको २६औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए । खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित दिलाए । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो । यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित ग¥यो । सेनेगल जारी विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ ।  खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो ।  इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई १–० को अवस्थामा पु¥याए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो । त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पु¥याए ।  तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेडर चार अङ्कसहित तेस्रो तथा कतार अङ्कबिहिन बन्दै चौथो स्थानमा रह्यो ।त्यस्तै समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

विश्वकपमा दोस्रोपटक नकआउट चरण प्रवेश गर्ने इक्वेडर र सेनेगलको तरखर

दोहा। विश्वकप फुटबलमा दक्षिण अमेरिकी टोली इक्वेडर र अफ्रिकाको सेनेगलबीच केही समानता छ। यी दुवै टोली विगतमा एउटै संस्करणमा डेब्यु गरेका थिए। सन् २००२ को विश्वकप इक्वेडर र सेनेगल सहभागी भएको पहिलो संस्करण थियो। आफ्नो पहिलो सहभागितामै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो। त्यसपछि सेनेगल तेस्रोपटक विश्वकप खेलिरहेको छ र फेरी नकआउट चरण पुगेको छैन। इक्वेडर सन् […]