वाणिज्य विभागद्वारा सुर्खेतका ७ व्यवसायी फर्मलाई जरिवाना

सुर्खेत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले सुर्खेतका ७ वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । विभागले आइतबार सुर्खेतमा कानुन विपरीत व्यवसाय क्रियाकलाप गर्ने छिन्चु र वीरेन्द्रनगरका ७ वटा व्यवसायी फर्मलाई जरिवाना गरेको हो । नियम विपरीत सञ्चालित व्यवसायी फर्मले उपभोक्ताको अधिकारलाई बेवास्ता गरेर सञ्चालन गरिरहेको पाइएपछि  विभागले ती फर्मलाई २ लाख ३० हजार रुपैयाँ जरिवाना गराएको छ । विभागले अनुगमनमा खरिद बिक्री बिल नराखेकामा छिन्चुको बराल इन्टरप्राइजेजलाई ५०  हजार, कमसल तथा म्याद नाघेका वस्तु बिक्री गर्ने स्याङ्जा किराना पसललाई २० हजार,  लक्ष्मी खाद्य स्टोरलाई २० हजार, सरिता कोल्ड स्टोर्सलाई २० हजारसँगै वीरेन्द्रनगरको कर्णाली मललाई चीनमा निर्मित मिठाइएको लेबलमा नेपाली भाषामा मूल्य, उत्पादन मिति, उपभोग्य मिति उल्लेख नगरेको पाइएपछि ५० हजार र दर्ताबिनै सञ्चालनमा रहेको रेखा पोखरेलको पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो । अनुगमनका क्रममा ती व्यावसायिक फर्मले कानुन विपरीत व्यापारिक क्रियाकलाप गरेको पाइएपछि  पहिलो पटकको हकमा २० हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ईश्वरीप्रसाद ढकालले बताए । उनले निषेधाज्ञाका बेला कर्णालीमा कमसल सामग्री बिक्री वितरण बढी हुने गरेको गुनासो आएपछि प्रदेशको मुख्य नाका सुर्खेतमा नमुना अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार अनुगमन गरिएका ११ मध्ये ४ वटा फर्मबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको म्याद नाघेका खाद्यान्न तथा मिठाईजन्य वस्तु नष्ट गरिएको छ । वीरेन्द्रनगरका दुई पेट्रोलपम्प र छिन्चुका दुई वटा खाद्यान्न पसललाई व्यवसाय सुधार्न निर्देशनसमेत दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समेत बजार अनुगमनको जिम्मेवारी  पाएको वाणिज्य कार्यालयले सबै जिल्लामा अनुगमनलाई तीव्रता दिने उनको भनाइ । ‘बजार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित व्यवसायी फर्मलाई जरिवानाबापतको रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘तोकिएको अवधिभित्र जरिवानाबापतको रकम तोकिएको समयभित्र दाखिला नगरे सदाका लागि बन्द गरिनेछ ।’ अनुगमनमा वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय सुर्खेत, उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आयल निगम, जिल्ला प्रहरी कार्यालय, उपभोक्ताकर्मी र पत्रकार सहभागी थिए । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले विभिन्न निकाय तथा संघ–संस्थाको  समन्वय एवं  सहकार्यमा जिल्लाभर बजार अनुगमनलाई निरन्तरता दिइने बताए । कोरोना महामारीका कारण उपभोक्ताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे व्यवसायीलाई सचेत हुन आग्रह गरे । जिल्ला बजार अनुगमन समितिबाट ग्रामीण क्षेत्रका बजारमा समेत छड्के चेकजाँच जारी राखिने उनले बताए ।

सम्बन्धित सामग्री

दाल भन्दै विदेशबाट चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरिवाना

१७ साउन, काठमाडौं । दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने एक फर्मलाई वीरगञ्ज सुख्खा भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ । काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना तिर्नका […]

१२ सय फर्मलाई कारबाही, एक करोड ५० लाख बढी जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको ११ महिनामा १२०१ फर्मलाई कारबाही गरेको छ । कारबाहीबाट एक करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना संकलन भएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । चालु आवको हालसम्म २ हजार ७ सय १३ फर्ममा अनुगमन गर्दा १२ सय एक फर्मलाई कारबाही […]

सात व्यावसायिक फर्मलाई कारबाही

खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाहीसहित जरिवाना गरेको छ ।उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि पाँचदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए ।यसरी कारबाहीमा परेका वीरगञ्जका व्यासायिक फर्ममा बालाजी डिपार्टमेन्टल […]

खरीद गरेको बिल नदेखाउने सात व्यावसायिक फर्मलाई कारबाही

वागमति, २२ मंसिर । खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको छ । उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि रु पाँच हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए […]

छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले जरिवाना गरेको छ । यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई जरिवाना गरेको विभागले जानकारी दिएको छ । तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५

उपभोक्ता ठग्ने तीन फर्मलाई १५ हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा उपभोक्ता ऐन विरुद्ध कारोबार गरेको पाइएपछि उक्त फर्महरूलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।विभागले आयो आद्य स्टोर, आले किराना स्टोरलाई र साईबाबा ट्रेडर्सलाई समान ५/५ हजार रुपैयाँ जरिवाना तिराएको हो । उनीहरुले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिम कसुर गरेको देखिएकाले नगद जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।अनुगमनका क्रममा थप दुईवटा कम्पनी/फर्ममध्ये एउटालाई स

१५३ व्यापारिक फर्मलाई ४५ लाख जरिवाना

वीरगञ्ज, २१ साउन: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७ को […]

सुर्खेतमा सात व्यवसायीक फर्मलाई दुई लाख ३० हजार जरिवाना

कर्णाली ब्युरो । सुर्खेतमा कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने सात व्यवसायी फर्मलाई दुई लाख ३० हजार रुपैयाँ जरिवाना  गरिएकाे छ । उपभोक्ताको अधिकारलाई ध्यान नै नदिई नियम विपरीत फर्म सञ्चालन गरेको पाइएपछि ती व्यवसायी फर्मलाई जरिवाना गरिएकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । अनुगमनमा गएको विभागको टोलीले कमसल तथा म्याद नाघेका वस्तु बिक्री […]

निषेधाज्ञामा ९७ व्यवसायी फर्मलाई कारबाही, १४ लाख जरिवाना

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको अवधिमा उपभोक्ता विपरीतका गतिविधि गरी ठगी गरेको आरोपमा ९७ व्यवसायी फर्मलाई कारबाही गरिएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निषेधाज्ञाको अवधिमा उपभोक्ता ठगीको आरोपमा ९७ व्यवसायीलाई कारबाही गरेको हो । ती फर्मलाई कारबाही गरी १३ लाख ९६ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । […]

अनुचित व्यापारिक कारोबार गर्ने १०९ फर्मलाई कारवाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोबार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरूप जरिवाना गरेको हो ।  काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार १ महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ फर्मको अनुगमन गरिएको थियो । तिनमा १६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्...