निषेधाज्ञामा ९७ व्यवसायी फर्मलाई कारबाही, १४ लाख जरिवाना

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको अवधिमा उपभोक्ता विपरीतका गतिविधि गरी ठगी गरेको आरोपमा ९७ व्यवसायी फर्मलाई कारबाही गरिएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निषेधाज्ञाको अवधिमा उपभोक्ता ठगीको आरोपमा ९७ व्यवसायीलाई कारबाही गरेको हो । ती फर्मलाई कारबाही गरी १३ लाख ९६ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । […]