छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले जरिवाना गरेको छ । यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई जरिवाना गरेको विभागले जानकारी दिएको छ । तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५

सम्बन्धित सामग्री

पाँच लाख व्यापारिक प्रतिष्ठानमा सवा ११ लाख रोजगारी

थोक तथा व्यापार गर्ने ५ लाख व्यापारिक प्रतिष्ठानमा सवा ११ लाख संलग्न रहेको एक सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण ०७८’ अनुसार मुलुकभित्र ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार ६ सय ४५ जनशक्ति संलग्न छन् ।

माण्डु हाइड्रोपावरको आईपीओ स्थानीयमा ७९ लाख ३० हजार कित्ता बिकेन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा असार २८ गतेदेखि साउन २६ गतेसम्म २ लाख ७२ हजार ७३० कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा १ लाख ९३ हजार ७०० कित्ता आईपीओ साउन ३१ गते बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यस आधारमा स्थानीयका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये ७९ हजार ३० कित्ता शेयर भने वितरण हुन नसकेको देखिन्छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २८ गतेदेखि साउन ११ गतेसम्म विक्री गरेको आईपीओ साउन २१ गते बाँडफाँट गरिएको हो । सर्वसाधारणमा दोस्रो चरणमा विक्री गरिने आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको थियो ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गरेको हो । अब दोस्रो चरणमा सामूहिक लगानीकोष र कर्मचारीसमेत सर्वसाधारणमा आईपीओ विक्री हुनेछ । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट औसत लागत १८ करोड २७ लाख रुपैयाँ छ ।

एशियन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।  कम्पनीले फागुन १८ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुनेछ ।  कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ ।  यस कम्पनीले इलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने  प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुगेको छ ।

पशुपतिको धर्मशालामा सेवाका नाममा व्यापार

अमालकोट  कचहरी  र  सेवा  समितिबीच  २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९  वर्षपछि  पशुपति  गौशाला  धर्मशाला  अघोषित  व्यापारिक केन्द्र भएको छ । पशुपतिनाथ  मन्दिर  आउने  दर्शनार्थीका  लागि  सञ्चालित

भदौ ३१ देखि भृकुटीमण्डपमा ‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ एक्स्पो

‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी–२०२२’ एक्स्पो हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा भदौ ३१ देखि असोज २ गतेसम्म सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी हुन लागेको हो ।  यो  खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित एक्स्पो भएको बताइएको छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो । बीएच २०२२ को आयोजनामा हुन लागेको एक्स्पो ३० हजार आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । जसमध्ये व्यापारिक आगन्तुक १२ हजार भन्द

सामलिङ पावरको शेयर डिम्याट खातामा, एसपिसी सिम्बलबाट कारोबार हुने

सामलिङ पावर कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ । शेयर डिम्याटमा आएसंगै अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । कम्पनीको SPC सिम्बलबाट कारोबार हुने छ । कम्पनीले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  कम्पनीको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको थियो । योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्।     कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो ।

२ दिन मै १० लाख बढीले भरे सामलिङ्ग पावरको आईपिओ

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा १९ गुणा बढीको आवेदन परेको छ ।  शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १०  लाख ६३ हजार २  सय १६ जना आवेदकबाट १ करोड २९ लाख ५९ हजार ४० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

सामलिङ्ग पावरको आईपिओमा पहिलो दिन नै ७ गुणा बढीको आवेदन

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै ७.८३ गुणा बढीको आवेदन परेको छ । आज साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा ४ लाख ३० हजार ५ सय २१ जना आवेदकबाट ५३ लाख १८ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले आज कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

भुटानमा विद्युत्ले अर्थतन्त्रको स्वतन्त्रतासँगै सुरक्षा ग्यारेन्टी गरेकोे छ

३० हजार मेगावाट जलविद्युत्मार्फत विद्युत् उत्पादन सम्भावना र २३ हजार मेगावाट व्यापारिक सम्भावना भएको भुटानले सन् २०२० भित्र १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । २.५३ बिलियन डलर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रहेको भुटानमा १४ प्रतिशत जीडीपीमा योगदान जलविद्युत्को छ भने यसबाट २६ प्रतिशत राजस्व उठ्ने गरेको छ ।

बिर्तामोडको बजेट ७३ करोड ४६ लाख

पूर्वको व्यापारिक केन्द्रको रूपमा परिचित झापाको बिर्तामोड नगरपालिकाले आव ०७४÷०७५ का लागि ७३ करोड ४६ लाख ३० हजार ४६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले चालू आवको नगर विकास योजनासहितको बजेट सार्वजनिक गरेका हुन् ।