१२ सय फर्मलाई कारबाही, एक करोड ५० लाख बढी जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको ११ महिनामा १२०१ फर्मलाई कारबाही गरेको छ । कारबाहीबाट एक करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना संकलन भएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । चालु आवको हालसम्म २ हजार ७ सय १३ फर्ममा अनुगमन गर्दा १२ सय एक फर्मलाई कारबाही […]

सम्बन्धित सामग्री

तीन हजार छ सय ९५ फर्मको अनुगमन, सात सय ९९ लाई कारबाही

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ।विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षकोे अवधिमा सात सय ९९ वटा व्यापारिक फर्मरकम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो।एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिवाना गर्दा रु एक करोड ९८ लाख चार हजार राजस्व सङ्कलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन होमनाथ

उपभोक्ता ठग्ने ३ हजार फर्मलाई कारबाही, १ करोड ७७ लाख राजश्व संकलन

चालू आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मलाई १ करोड ७७ लाख ८१ हजार रुपैयाँ जरिवाना गरेको छ । चालू वर्षको असार २० गतेसम्ममा गरिएको अनुगमनका क्रममा उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई उक्त मूल्य बराबरको जरिवाना गरिएको हो ।विभागका अनुसार यस अवधिमा बजार अनुगमनका क्रममा ३ हजार ३४ वटा व्यापारिक फर्ममा अनुगमन गरिएको थियो । त्यसक्रममा विभिन्न बाहानामा उपभोक्ता ठग्दै आएका १ हजार ३०१ वटा फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ ।यस्तै, २०७९ साल असार १ गतेदेखि २० गत

अनुचित कारोबारमा संलग्न ९९६ फर्मलाई कारबाही

वैशाख ५, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ९ महीनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौं उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट रू. एक करोड १८ लाख ६१ हजार राजस्व संकलन गरेको छ ।  अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पँगेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको जानकारी दिए । सो अवधिमा ९०० फर्मलाई सामान्य सुधार गर्न र ४६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना संकलन, तीनजना पक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी, खान अयोग्य वा म्याद सकिएका रु ५३ लाख ५४ हजार ८४७ बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । सो अवधिमा सबैभन्दा धेरै ६२७ खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा ३६८ पसललाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।  यस्तै १८६ ओटा कस्मेटिक तथा कपडा पसल, ११२ फार्मेसी, आठ स्टेशनरी पसल, १० सर्जिकल हाउस, ५३ अण्डा तथा मासु पसल, ३४ मार्ट, १६ फ्युल तथा कोइला पसल, नौ ग्यास पसल, सात ग्रोसरी, २० डिपार्टमेन्ट स्टोर, ३१ मदिरा तथा पेयपदार्थ, ६८ फलफूल तथा तरकारी पसल, ५० दुग्धजन्य पदार्थ तथा बेकरी र ८८७ अन्य उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीदविक्री बिल नराख्ने फर्मलाई रू. पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जानकारी दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।  पछिल्लो समय बजारमा छडलगायत निर्र्माणसामग्रीको मूल्य उच्च भएको र ग्यास व्यवसायीले खाना पकाउने एलपी ग्यास लुकाएको उपभोेक्ताबाट गुनासो आएपछि ग्यास र छड केन्द्रित भएर अनुगमन गरिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।  नियमित बजार अनुगमन भइरहेको उल्लेख गर्दै उनले विभागले उपभोग्य वस्तु र गुणस्तरमा केन्द्रित भएर अनुगमन गर्ने गरेको बताए । रासस

सात व्यावसायिक फर्मलाई कारबाही

खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाहीसहित जरिवाना गरेको छ ।उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि पाँचदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए ।यसरी कारबाहीमा परेका वीरगञ्जका व्यासायिक फर्ममा बालाजी डिपार्टमेन्टल […]

खरीद गरेको बिल नदेखाउने सात व्यावसायिक फर्मलाई कारबाही

वागमति, २२ मंसिर । खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको छ । उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि रु पाँच हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए […]

छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले जरिवाना गरेको छ । यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई जरिवाना गरेको विभागले जानकारी दिएको छ । तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५

चार महिनामा ६०७ फर्मलाई कारबाही

२२ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको चार महिनामा १२ सय ९० वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । जसमध्ये ६०७ वटा फर्मलाई नगद जरिबाना तिराइएको छ भने ६८३ फर्मलाई सचेत गराइएको विभागका साहायक सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए । नगद जरिवाना तिराइएका ती फर्महरुले उपभोक्ता हित विपरितको […]

उपभोक्ता ठग्ने तीन फर्मलाई १५ हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा उपभोक्ता ऐन विरुद्ध कारोबार गरेको पाइएपछि उक्त फर्महरूलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।विभागले आयो आद्य स्टोर, आले किराना स्टोरलाई र साईबाबा ट्रेडर्सलाई समान ५/५ हजार रुपैयाँ जरिवाना तिराएको हो । उनीहरुले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिम कसुर गरेको देखिएकाले नगद जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।अनुगमनका क्रममा थप दुईवटा कम्पनी/फर्ममध्ये एउटालाई स

१३ सय ४७ व्यापारिक फर्म कारबाहीमा, ३ करोडभन्दा बढी जरिवाना

काठमाडौं।वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा अन्तर्गतका ५ वटा कार्यालयहरु (विराटनगर,वीरगन्ज,भैरहवा,नेपालगन्ज र धनगढी)ले एक वर्षको अवधिमा १ हजार ३४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन्। विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा गरिएका ४ हजार ७७९ व्यापारिक फर्ममध्ये मापदण्ड अनुसार नचलेका फर्महरुलाई कारबाही गरिएको हो।विभाग र अन्तर्गतका कार्यालहरुले ती फर्मलाई ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको छ।

निषेधाज्ञामा ९७ व्यवसायी फर्मलाई कारबाही, १४ लाख जरिवाना

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको अवधिमा उपभोक्ता विपरीतका गतिविधि गरी ठगी गरेको आरोपमा ९७ व्यवसायी फर्मलाई कारबाही गरिएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निषेधाज्ञाको अवधिमा उपभोक्ता ठगीको आरोपमा ९७ व्यवसायीलाई कारबाही गरेको हो । ती फर्मलाई कारबाही गरी १३ लाख ९६ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । […]