वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ ।
विभागले अनुचित व्यापारिक कारोबार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरूप जरिवाना गरेको हो ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए ।
उनका अनुसार १ महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ फर्मको अनुगमन गरिएको थियो । तिनमा १६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्...