दाल भन्दै विदेशबाट चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरिवाना

१७ साउन, काठमाडौं । दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने एक फर्मलाई वीरगञ्ज सुख्खा भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ । काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना तिर्नका […]

सम्बन्धित सामग्री

भारतबाट चामल ल्याउन २० फर्मलाई अनुमति

३० असार, काठमाडौं । सरकारले भारतबाट चामल आयात गर्न २० वटा फर्मलाई अनुमति दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भारतबाट तोकिएको कोटा बमोजिमको चामल आयात गर्न इच्छुक फर्म तथा कम्पनीसँग ११ असारमा …

तीन व्यवसायिक घरानाको हातमा अटो ब्राण्ड

काठमाडौं । नेपालमा अटोमोवाइल ब्यवसायमा लागेको पुरानो ब्यवसायीक घराना गोल्छा समुहदेखि भर्खरै गाडी आयात थालेको मेगा बिजनेश ग्रुपसम्मको यात्रालाई नियालेर हेर्दा सिमित ब्यापारकि घरानाको हातमा मात्रै अटोमोवाइल ब्यबसाय पुगेको हो । चाहे, अमेरिकी ब्राण्ड होस् कि इन्डियन, यूरोपियन र चिनियाँ सबैले त्यहि सिमित ब्यापारीक पृष्ठभूमी भएका ब्यक्तिहरुको फर्मलाई नै आधिकारीक बिक्रेता नियुक्त गरेको पाइन्छ । […]

चस्माको साइज र परिमाण ढाँट्ने व्यापारीलाई पौने दुई करोड जरिवाना

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाटो भएर नयाँ–नयाँ तरिकाबाट राजस्व चुहावटमा संलग्न व्यापारिक फर्मलाई पौने दुई करोड जरिवाना गरिएको छ । रौटामाई ट्रेडर्सले आयात गरेको सनग्लास(चस्मा), तयारी पोसाकलगायतका सामानको परिणाम र गुणस्तरको घोषणा फरक परेपछि जरिवाना १ करोड ८५ लाखसहित २ करोड २ लाख ६१ हजार राजस्व तिराउने निर्णय गरेको छ ।

भारतबाट ५ हजार टन गहुँ आयो

विराटनगर । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ मैदा उद्योगीको भागमा परेको छ । त्यसैको पहिलो खेप सोमवार र मंगलवार गरी ५ हजार टन नेपाल भित्रिएको छ । भारतबाट सस्तोमा गहुँ आयात भएपछि मैदा, आँटा, सुजी र चोकरको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्बद्ध उद्योगी बताउँछन् । नेपालमा गहुँको मूल्य किलोको ६५ रुपैयाँ छ । भारतबाट आएको गहुँ नेपाल आइपुग्दा प्रतिकिलो ५० रुपैयाँ लागत परेको छ । गहुँ नै प्रतिकिलो १५ रुपैयाँ सस्तिएपछि त्यसबाट उत्पादन हुने मैदा, आँटा, सुजी र चोकर सस्तिनेछ । नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले त मंगलवारदेखि नै बजारमा आँटा, मैदाको भाउ घटेको दाबी गरे । उनले आँटा र मैदामा १५ प्रतिशतसम्म मूल्य घट्ने बताए । गहुँ आउनुअघिसम्म राजधानी काठमाडौंमा मैदा ५० केजीको बोरा ५ हजारमा विक्री भइरहेकोमा गहुँ आउन थालेपछि ४ हजार ६ सयमा विक्री हुन थालेको दुगडको भनाइ छ । त्यसैगरी मिल आँटा ५ केजीको मूल्य ४ सय रुपैयाँबाट ३ सय ६० रुपैयाँ र चक्की आँटा ४ सय ५० बाट ४ सय रुपैयाँ कायम भएको छ । चोकरको मूल्य ४० केजीको २२ सय रुपैयाँबाट घटेर अहिले १६ सय ५० कायम भएको छ । किलोको ५५ रुपैयाँ पर्ने चोकर ४१ रुपैयाँ २५ पैसामा पाइन थालेको छ । भारत सरकारले नेपालमा गहुँ निकासी गर्न दिने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा माग गर्न प्रकाशित गरेको सूचनाका आधारमा २७ मैदा उद्योगले आवेदन दिएका थिए । मन्त्रालयले ती उद्योगको गतवर्षको उत्पादनका आधारमा ७ प्रतिशत गहुँ दिने निर्णय गरेपछि ३३ हजार टन ती उद्योगले पाउने भएका हुन् । बाँकी १७ हजार टन गहुँ घरेलु प्रयोजनका लागि विक्री गर्ने गरी १६ ओटा व्यापारिक फर्मलाई आयात गर्न दिइएको छ । बजारमा गहुँ अभाव हुन नदिन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । गहुँ अभाव हुन नदिन र सर्वसाधारणलाई महँगीको मारबाट जोगाउन सरकारले थप २ लाख मेट्रिक टन गहुँको कोटा भारत सरकारसँग माग्नुपर्ने दुगडले बताए । नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले कोटामा पाएको ६० मेट्रिक टन गहुँ उद्योगमा आइपुगेको बताए । त्यसैगरी सुनसरी मोरङ औद्योगिक कोरिडोरका बाबा फ्लोर मिल, न्युट्री फुड्सलगायत उद्योगमा पनि गहुँ आएको छ । भारतमा ४६ रुपैयाँ किलोमा किनेको गहुँ नेपाल आइपुग्दा लागत ५० रुपैयाँ प्रतिकिलो पुगेको व्यवसायीको भनाइ छ । बेगवानीका अनुसार २/३ दिनभित्रमै आँटाको मूल्य किलोमा १० रुपैयाँसम्म सस्तिनेछ । भारत सरकारले गहुँ उत्पादन कम भएको भन्दै १४ मे २०२२ मा यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछि ८ अगस्त २०२२ मा आँटा, मैदा र सुजीको निर्यातमा पनि प्रतिबन्ध लगायो । नेपाल उद्योग परिसंघका सदस्य तथा बाबा फ्लोर मिलका सञ्चालक भावेश राठीले सरकारले कोटामा उपलब्ध गराएको गहुँले मुश्किलले १५ दिन पुग्ने भएकाले १५ दिनपछिका लागि थप २ लाख टनको कोटा भारत सरकारसँग माग्नुपर्ने बताए । उनले नयाँ उत्पादन नआउँदासम्मका लागि २ लाख टन गहुँ आवश्यक पर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको ढुंगामा प्वाल पार्ने काम भयो : बाबुराम भट्टराई

काठमाडौं। बजार अनुगमन र आपूर्ति व्यवस्थापनबारे प्रधानमन्त्रीले उपभोक्तको हित हुनेगरि काम गर्नको लागि सम्बन्धित निकायलाई १२ बुँदे निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको साउनमा भन्दा भदौ महिनामा ११ अर्ब रुपैयाँले आयात वृद्धि भएको छ। आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ रुपैयाँ र खरिद दर १२९ रुपैयाँ २९ पैसा कायम गरिएको छ। उपभोक्ता ठग्ने काठमाडौं उपत्यकाका ६५ फर्मलाई उपभोक्ता

उद्योगको नाममा सुपारी आयात खुल्यो, अनुमतिपत्र भने व्यापारिक फर्मलाई (सूचीसहित)

उद्योग विभागले सिफारिस नगर्दै फर्मले अनुमति पाएपछि मन्त्रालयमै खैलाबैला मच्चिएको छ । मन्त्रालयका उद्योग सचिव अर्जुन पोखरेलले आयात अनुमतिसम्बन्धी निर्देशिका नै आफूकहाँ मंगलबारमात्र आइपुगेको भन्दै त्यसरी अनुमतिपत्र दिनै नमिल्ने बताए ।