‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’

  काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवासंघ नेपालका महासचिव दिपक जिएमले एमाले अध्यक्ष केपी ओलीको बालहठका कारण राजनीतिक अस्थिरता सृर्जना भएको आरोप लगाएका छन् । वाइसीयल नेपालको प्रथम भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव जिएमले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको बालहठ, स्वेच्छाचारी प्रवृत्तिका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको र कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरेका […] The post ‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

राजनीतिक अस्थिरताका कारण मुलुकमा समस्या उत्पन्न : विप्लव

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन् ।  जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषय अन्तरक्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको […]

राजनीतिक अस्थिरता हटाउन बलियो दल आवश्यक: एमाले नेता पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन्।...

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले […]

अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइएको मुख्यमन्त्री शाक्यको आरोप

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी हुन् । सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो ।आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै

संविधानकै कारण राजनीतिक अस्थिरता बढ्यो : ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।  सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्त्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता रहे पनि मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।  अध्यक्ष...

त्रुटिपूर्ण संविधानका कारण देशमा राजनीतिक अस्थितरता उत्पन्न भयो : महन्थ ठाकुर

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान त्रुटिपूर्ण संविधानकै कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताएका छन्। लोसपाका महिला नेतृहरुले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको जितियाको महत्व विषयक चर्चा एवं साँस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए। ठाकुरले भने,…

‘प्रचण्डको कारण राजनीतिक अस्थिरता’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता केशव झाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । शनिबार झापामा अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको मुख्य समस्या ‘आन्तरिक उपनिवेशवाद’ भएको पनि बताए । एकल जातीय राज्यको चरित्र बदल्नु चुनौती...

राजनीतिक अस्थिरताको कारक अदालत पनि होः नायब महान्यायाधिवक्ता पाण्डेय

काठमाडौं। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले देशको राजनीतिक अस्थिरताको कारकमध्ये एक अदालत भएको बताएका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा न्यायाधीस ईश्वरप्रसाद खतिवडाले ‘अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो?’ भनी सोधेको प्रश्नमा उनले त्यस्तो बताएका हुन्। “विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रीयो। अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ,” उनले भने।

राजनीतिक अस्थिरता ठुला दलको कारणले : मीना पुन (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले देशमा राजनीतिक अस्थिरता ठुला दलको कारणले उत्पन्न भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा २०७७ माघ ३ गते गोङ्गबुमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘ठुला राजनैतिक दलकै कारण राजनीतिक अस्थिरता उत्पन्न भएको हो ।’ संविधान सभा सदस्यसमेत रहिसक्नुभएकी पुनले सम्बोधनको क्रममा साना दललाई राजनीतिक स्थिरताको बाटोमा बाधक भएको तर्क गर्दै संविधान सभामा १० प्रतिशतसम्म थ्रेसहोल्ड राख्ने प्रस्तावमा छलफल भएको स्मरण गर्नुभयो । ‘आज हेर्नुभयो नि !’ उहाँले भन्नुभयो– ‘जनताले देशमा राजनीतिक स्थिरता कायम होस् भनेर तत्कालीन एमाले र माओवादीलाई दुईतिहाइ बहुमत दिए; तर, ओलीले भने जननिर्वाचित प्रतिनिधि सभा नै विघटन गरिदिए ।’ महिला नेतृ पुनले यसभन्दा अघि नेपाली काङ्ग्रेसले दुई पटक र तत्कालीन नेकपा (एमाले) ले एक पटक संसद विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै भन्नुभयो– ‘यसबाट प्रष्ट हुन्छ, वास्तवमा राजनीतिक अस्थिरताको कारक तत्त्व ठुला दल नै हुन् ।’ सम्बोधनको क्रममा उहाँले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई जनमतमाथि विश्वासघातको सङ्ज्ञा दिनुभयो । ‘जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर ओली सरकारले जनताको राजनीतिक दलमाथि विश्वासघात गरेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘जनताप्रतिको त्यो विश्वास पुनः बहाल गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्दछ ।’ उहाँले सरकारले घोषणा गरेजस्तो अहिले देश चुनावमा जाने अवस्थामा नरहेको बताउनुभयो । ‘चुनावमा जाँदा लाग्ने खर्च बचाएर कोरोना सङ्क्रमणबाट सिर्जित समस्यामा अलिकति भए पनि मल्हम लगाउन सकिन्छ’ उहाँको भनाइ थियो । देशमा अझै पनि गणतन्त्र संस्थागत भइनसकेको, सीमा अतिक्रमण भइरहेको, धर्म निरपेक्षतामाथि प्रहार भइरहेको, भ्रष्टाचार बेलगाम बढिरहेको, महङ्गीले चरम रूपमा उचाइ छोइरहेको बेलामा हठात् प्रतिनिधि सभा विघटन गर्ने कार्यले देशमा गम्भीर परिस्थिति निर्माण भएको उहाँको भनाइ थियो । सङ्घीयता अनावश्यक भएको जनता आफ्नै अनुभवले बुझ्न थालेको बताउँदै पूर्व सांसद पुनले भन्नुभयो– ‘विदेशी ऋणले प्रशासनिक खर्च चलाउने हाम्रोजस्तो देशमा सङ्घीयता नेपाली जनताले थेग्न सक्दैनन् ।’ उहाँले तत्कालै सङ्घीयतालाई खारेज गरेर सात वटा प्रदेशसभालाई प्रशासनिक एकाइको रूपमा रूपान्तरण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा ...

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ।