राजनीतिक अस्थिरता ठुला दलको कारणले : मीना पुन (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले देशमा राजनीतिक अस्थिरता ठुला दलको कारणले उत्पन्न भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा २०७७ माघ ३ गते गोङ्गबुमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘ठुला राजनैतिक दलकै कारण राजनीतिक अस्थिरता उत्पन्न भएको हो ।’ संविधान सभा सदस्यसमेत रहिसक्नुभएकी पुनले सम्बोधनको क्रममा साना दललाई राजनीतिक स्थिरताको बाटोमा बाधक भएको तर्क गर्दै संविधान सभामा १० प्रतिशतसम्म थ्रेसहोल्ड राख्ने प्रस्तावमा छलफल भएको स्मरण गर्नुभयो । ‘आज हेर्नुभयो नि !’ उहाँले भन्नुभयो– ‘जनताले देशमा राजनीतिक स्थिरता कायम होस् भनेर तत्कालीन एमाले र माओवादीलाई दुईतिहाइ बहुमत दिए; तर, ओलीले भने जननिर्वाचित प्रतिनिधि सभा नै विघटन गरिदिए ।’ महिला नेतृ पुनले यसभन्दा अघि नेपाली काङ्ग्रेसले दुई पटक र तत्कालीन नेकपा (एमाले) ले एक पटक संसद विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै भन्नुभयो– ‘यसबाट प्रष्ट हुन्छ, वास्तवमा राजनीतिक अस्थिरताको कारक तत्त्व ठुला दल नै हुन् ।’ सम्बोधनको क्रममा उहाँले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई जनमतमाथि विश्वासघातको सङ्ज्ञा दिनुभयो । ‘जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर ओली सरकारले जनताको राजनीतिक दलमाथि विश्वासघात गरेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘जनताप्रतिको त्यो विश्वास पुनः बहाल गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्दछ ।’ उहाँले सरकारले घोषणा गरेजस्तो अहिले देश चुनावमा जाने अवस्थामा नरहेको बताउनुभयो । ‘चुनावमा जाँदा लाग्ने खर्च बचाएर कोरोना सङ्क्रमणबाट सिर्जित समस्यामा अलिकति भए पनि मल्हम लगाउन सकिन्छ’ उहाँको भनाइ थियो । देशमा अझै पनि गणतन्त्र संस्थागत भइनसकेको, सीमा अतिक्रमण भइरहेको, धर्म निरपेक्षतामाथि प्रहार भइरहेको, भ्रष्टाचार बेलगाम बढिरहेको, महङ्गीले चरम रूपमा उचाइ छोइरहेको बेलामा हठात् प्रतिनिधि सभा विघटन गर्ने कार्यले देशमा गम्भीर परिस्थिति निर्माण भएको उहाँको भनाइ थियो । सङ्घीयता अनावश्यक भएको जनता आफ्नै अनुभवले बुझ्न थालेको बताउँदै पूर्व सांसद पुनले भन्नुभयो– ‘विदेशी ऋणले प्रशासनिक खर्च चलाउने हाम्रोजस्तो देशमा सङ्घीयता नेपाली जनताले थेग्न सक्दैनन् ।’ उहाँले तत्कालै सङ्घीयतालाई खारेज गरेर सात वटा प्रदेशसभालाई प्रशासनिक एकाइको रूपमा रूपान्तरण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा ...

सम्बन्धित सामग्री

राजनीतिक अस्थिरता हटाउन बलियो दल आवश्यक: एमाले नेता पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन्।...

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले […]

राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म समृद्धि असम्भव: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन्।...

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्योः महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताउनु भएको छ । पार्टीका महिला नेतृहरुले आज जनकपुरमा गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिनु भयो । अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती […]

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेको छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन्। सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। देशमा...

राजनीतिक अस्थिरता बढेर गयो : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पा

‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवासंघ नेपालका महासचिव दिपक जिएमले एमाले अध्यक्ष केपी ओलीको बालहठका कारण राजनीतिक अस्थिरता सृर्जना भएको आरोप लगाएका छन् । वाइसीयल नेपालको प्रथम भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव जिएमले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको बालहठ, स्वेच्छाचारी प्रवृत्तिका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको र कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरेका […] The post ‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजनीतिक अस्थिरता नै विकासको बाधक हो त ?

नेपालमा किन विकास हुन सकेन ? भन्ने सार्वजनिक बहसमा सबैभन्दा बाक्लो गरी आउने प्रश्न हो । यसको उत्तर पनि लगभग एउटै आउने गर्दछ । त्यो हो– राजनीतिक अस्थिरता अर्थात् बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ । सरकारको स्थायित्वले विकासलाई तीव्रता दिन सक्दछ । सरकार बारम्बार परिवर्तन भयो भने विकास नै नहुने […]

विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णयले राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटमा गर्दै अध्यक्ष थापाले कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको बताए। “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ। सत्तास्वार्थमा रमाउने कांग्रेस र जसपामा अग्निपरीक्षमा छन्।”

विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णयले राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटमा गर्दै अध्यक्ष थापाले कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको बताए। “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ। सत्तास्वार्थमा रमाउने कांग्रेस र जसपामा अग्निपरीक्षमा छन्।”