काठमाडौँ- विश्व जलवायु संकटको गम्भीर अवस्थातर्फ उन्मुख भएको संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले संकेत गरेको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको विश्वव्यापी जलवायुको वर्तमान अवस्थासम्बन्धी प्रतिवेदनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि तत्काल प्रयास गरिनुपर्ने उल्लेख गरेको हो। ‘प्रोभिजनल स्टेट अफ द ग्लोबल क्लाइमेट इन २०२२’ प्रतिवेदन डब्लुएमओले जलवायु परिवर्तनसम्बन्धी पक्ष […]