काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्वको भावी कूटनीतिक रणनीतिका लागि महत्वपूर्ण सम्मेलन कोप–२६ संघारमा छ। कार्बनडाइअक्साइडसहितका हरितगृह ग्यासको उत्सर्जन कटौती ठूलो मात्रामा नगरेसम्म विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न नसकिने लगातार सार्वजनिक भइरहेका वैज्ञानिक प्रतिवेदनहरुले औंल्याएका छन्। जलवायु परिवर्तनले निम्त्याउन सक्ने मौसमी तथा जलवायुजन्य अतिशय विषम घटनाहरुका प्रमाणहरु नेपालसहितका विश्वका देशहरुमा देखिएको […]