काठमाण्डाै - जलवायु परिवर्तन लगायतका कारण तापक्रम लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलका अनुसार यो समयमा अन्य बेला भन्दा गर्मी हुने नै गर्छ । ‘त्यसमाथि पानी परेको छैन भने जलवायु परिवर्तनको पनि असर देखिन थालेको छ’, उहाँले भन्नुभयो– ‘यसले गर्दा पनि तापक्रमले नयाँ रेकर्ड बनाएको हो ।’
विश्वका अन्य देशमा जस्तै जलवायु परिवर्तनको असर बिस्तारै नेपालमा पनि देखिन थालेको कँडेलले बताउनुभयो । उहाँका अनुसार यही कारण त...