सल्यान : सल्यानमा वर्षेनी महको उत्पादन घट्दै गएको छ। महको मूल्य बढ्दै जाँदा उत्पादन भने वर्षेनी घट्दै जान थालेको छ। चरन क्षेत्र अभाव, बालीनालीमा विषादी प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण वर्षेनी महको उत्पादन घट्दै गएको किसानहरूको भनाई छ।चरन क्षेत्रको अभाव हुँदै जानु र साउनमा लगातार वर्षा हुँदा मह उत्पादनमा निकै कमी आएको कालिमाटी गाउँपालिका-२ झिगानेका लोकेन्द्र वलीले बताए। चिउरी फुल्ने समयमा लगातार वर्षा हुँदा फूलको रस पानीले यस वर्ष महको उत्पादन धेरै घटेको उनको भनाई छ।&